शिबगन्ज, १७ पुस–शिवसताक्षी नगरपालिका शिक्षा शाखाले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुका लागि सञ्चालित मन्टेश्वरी तालिम सम्पन्न भएको छ।

तालिममा नगरभित्रका सामुदायिक विद्यालयका ३५ जना र संस्थागत विद्यालयका ८२ जना शिक्षक शिक्षिकाहरूको सहभागिता थियो।

तालिममा बालमैत्री शिक्षण विधि, मन्टेश्वरी शिक्षाको दर्शन, व्यवहारिक कक्षा सञ्चालन, सिकाइ सामग्रीको प्रयोग, बालबालिकाको मनोविज्ञान र समग्र व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिइएको शिक्षा शाखा प्रमुख छवि ढकालले बताए ।

कार्यक्रममा बालविकास सञ्जालकी नगर अध्यक्ष कमला बस्नेत, नेपाल शिक्षक महासङ्घका अध्यक्ष बेनुप्रसाद कार्की तथा नगर कार्यपालिका सदस्य गोमा रिजालले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको सहजीकरण पुजा दाहाल र कमला आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी मिलन विष्टले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *