दमक, १८ पुस–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका दई जना बिजेनस लिडरले २०२६ का लागि मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) मा छनौट भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी दमक शाखाका कार्यालय प्रमुख तथा बजार उपप्रवन्धक सुमनकुमार राईका अनुसार दमक शाखाबाट वीमा व्यवसाय गर्नुहुने शंकर चौधरी (दमक) र धनकुमार राई (शिबसताक्षी) ले २०२६ का लागि एमडिआरटीमा छनौट भएका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्स कंम्पनीका बजार उपप्रवन्धकसमेत रहनुभएका दमक शाखा प्रमुख राईले चौधरी र राईले वीमा व्यवसाय गरेको छाटो समयमै कम्पनीले तोकेको सवै प्रकृयाहरु पुरा गरेर मिलियन डलर राउण्ड टेवाल (एमडिआरटी) मा छनौट हुनुभएको बताए ।

आज (शुक्रबार) दमकस्थित शाखा कार्यालयमा एमडिआरटी–२०२६ मा छनौट हुने बिजनेस लिडर चौधरी र राईलाईं बधाई तथा शुभकामना कार्यक्रम गरिएको थियो । सो अवसरमा त्यहाँ आयोजित कार्यक्रममा चौधरी र राईलाई खादा ओढाएर सम्मान गरिनुका साथै केक काटेर खुसियाली गरिएको थियो ।

कार्यालय प्रमुख राईका अनुसार कम्पनीमार्फत चौधरी राईको अथक परिश्रम, मिहेनत, लगनशिलता, अनुशासन, धर्यता, आफ्नो पेशा व कर्मप्रती अटुट विश्वासको कारणले ठूलो उपलब्धी हात पार्नुभएको बताए ।

एमडिआरटीका लागि व्याक्तिगत कोर्डमार्फत उत्कृष्ट व्यवसाय, लक्षित उदेश्य वा टार्गेट र प्रिमियमसम्बन्धिका सवै कारोबारको आधारमा छनौट गरिने कार्यालय प्रमुख राईले जनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *