दमक, १९ पुस–दमकका उद्योगी, व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः देवीप्रसाद (गोपाल) गुरागाई निर्वाचित भएका छन् ।

देवीप्रसाद (गोपाल) गुरागाईले अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई पराजित गरि दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । गुरागाईले ८९६ मत ल्याउदैं विजयी भए । अध्यक्षका प्रत्यासी चम्लागाईले ५८६ र खड्काले ५०७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत (८०६) ,प्रथम उपाध्यक्षमा रुवल अधिकारी (९६७), द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा (८४८), तृतीय उपाध्यक्षमा सुवास गड्तौला (७००) र महिला उपाध्यक्षमा संगीता तुम्बापो राई (७८५) निर्वाचित भएका छन् ।

मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी राजकुमार योङया (५७३) ज्ञानु पौडेलले (५७४) मत ल्याएका थिए । त्यस्तै, पराजित भएका प्रथम उपाध्यक्षका उम्मेदवार तुलसी तिम्सीना (६०७), सुनिल साहले (३६६) मत पाए ।

द्धितीय उपाध्यक्षका उम्मेदवार नविनकुमार अग्रवाल (५९८), रमेश लुईटेल (४९८), तृतीय उपाध्यक्षका उम्मेदवार उमेश गजमेर (५७३) र विवेक श्रेष्ठ (६७८) मत पाएर पराजित भएका थिए ।

यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगानाले ४३८ र शुष्मा निरौलाले ७१५ मत प्राप्त गरेकी थिइन् । निर्वाचित छ पदाधिकारी मध्ये भरत चम्लागाई समूहबाट बरिष्ठ उपाध्यक्ष बाहेक अन्य गुरागाई प्यानलका उम्मेदवारहरु विजयी भएका थिए ।

६ खुला सदस्यमा निर्वाचितहरु
निर्वाचन परिणाम अनुसार छ खुला सदस्यहरुमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य र सहदेव भटटराई निर्वाचित भए ।

खुला सदस्यका उम्मेदवारहरु आनन्द थापा (६०३), इन्द्रकुमार श्रेष्ठ (५९५), चक्रमणि निरौला (४६८), तोर्ण बस्नेत (४७७), देवेन्द्र सुब्बा (४७६), नविन बजगाइ (५५६), पदम राउत (३९६), मेघनाथ फूयल (३४८), युवराज घिमिरे (५८१), शंम्भु भण्डारी (६८८) र सन्तोषकुमार साह (३९६) मत पाएका थिए ।

सात बस्तुगतमा निर्वाचितहरु
सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई ,गोकुल खड्का ,खेमराज पाण्डे निर्वाचित भए ।

बस्तुगतका सदस्यका पराजित उम्मेदवारहरु चन्द्र काफ्ले (८३०), महेन्द्र दुलाल (८२८), युवराज पाठक (८७४) ,लालबहादुर विक (७८५), शिवराम श्रेष्ठ (८४९) मत ल्याएका थिए ।

दुई महिला सदस्यमा निर्वाचितहरु
महिला सदस्यतर्फ संगीता प्रसाई र उर्मिला गुरुङ चुनिएकी छन् । महिला सदस्यका पराजित हुनेहरुमा अन्जना ताम्राकार (४८३), गंगादेवी वजगाई (५३०) , बसुदा कडरिया दाहाल (६६७), विष्णुमाया उप्रेती (५४१) मत पाएकी थिइन् ।

तीन सदस्यीय लेखा समितिमा निर्वाचितहरु
तीन सदस्यीय लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए । उनका प्रतिद्धन्दी निलकण्ठ निरौला (६०३) र बिमल बराल (६२९) मत पाएका थिए । यसैगरि, लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए ।

लेखा सदस्यका उम्मेदवारहरु नन्दलाल पाण्डे (६७९), विलास यादव (५३१), राधादेवी ढुंगाना ( ४१९) र सागर लावतीले (४१२) मत पाएका थिए ।
संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना, ६ बस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

यसैगरि, महिलातर्फ दुई सदस्यमा ६ जना र तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी परेको थियो ।

२० सदस्यीय कार्यसमितिका लागि ५५ जनाको उम्मेदवारी मनोनयन परेको थियो । शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *