आर्सनल

काठमाडौं, २० पुस –इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले वर्नमाउथलाई ३–२ गोल अन्तरले पराजित गर्दै तालिकामा आफ्नो अग्रता बलियो बनाएको छ।

खेलमा सुरुवाती अग्रता वर्नमाउथले लिए पनि आर्सनलले पुनरागमन गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।

वर्नमाउथका लागि १०औं मिनेटमा इभानिल्सनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ७६औं मिनेटमा एली जुनियर क्रुपीले अर्को गोल थपे।

आर्सनलका लागि १६औं मिनेटमा ग्याब्रियल मगलहेसले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि मिडफिल्डर डेक्लान राइसले ५४औं र ७१औं मिनेटमा दुई गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।

डेक्लान राइसको लिग करियरमा एउटै खेलमा दुई गोल गरेको यो पहिलो पटक हो।

यो जितसँगै आर्सनलले दोस्रो स्थानको एस्टन भिल्लामाथि ६ अंकको अग्रता बनाएको छ।

आर्सनल २० खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको १९ खेलमा ४१ अंक छ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले बुकायो साका र लियान्द्रो ट्रोसार्ड जस्ता मुख्य खेलाडीलाई सुरुवाती सेटमा नराखे पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सन् २००३(०४ पछि पहिलो पटक लिग उपाधि जित्ने लक्ष्यलाई जीवितै राखेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *