दमक, २७ पुस–दमक–२ हिमालय माध्यमिक विद्यालय नजिकै रहेको त्रिपुरेश्वर शिवालय मन्दिर, सामाजिक सेवा समितिको पाँचौं साधारण सभा सम्पन्न भएको छ ।

त्रिपुरेश्वर शिवालय मन्दिर सामाजिक सेवा समितिका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षता र वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यतामा पाँचौं साधारण सभा सम्पन्न भएको हो ।

आज (आइतबार) मन्दिर परिसरभित्रको भवनमा आयोजित साधारण सभाको अवसर पारेर स्थानीय थापा परिवारले निर्माण गरिदिएका शिवालय मन्दिरको उद्घाटन गर्नुका साथै समितिलाई हस्तान्त्रण गरिएको छ ।

सो मन्दिरको उद्घाटन मन्दिर निर्माण गर्ने थापा परिवारका अभिभावक बयोबृद्ध भवानी थापाले रिवन काटेर गर्नुभएको थियो । थापा परिवारले रु १८ लाख खर्च गरेर त्रिपुरेश्वर शिवालय मन्दिर निर्माण गरिदिएका मन्दिर समितिका निवर्तमान सचिव रोशन विष्टले जानकारी दिए ।

पाँचौं साधारण सभाले पुनः भुपेन्द्र थापाको अध्यक्षतामा त्रिपुरेश्वर शिवालय मन्दिर सामाजिक सेवा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षद्धय खड्गनारायण गुरागाइँ र इन्दिरा रेग्मी रहनुभएको छ भने सचिवमा जगतबन्धु दाहाल, सहसचिवमा चेतन रेग्मी र कोषाध्यक्षमा सुकमाया जवेगु चुनिएका छन् ।

त्यसैगरी, समिति सदस्यहरुमा रोशनकुमार विष्ट, कृष्णलाल गुरगाइँ, बसन्ता भट्टराई, दिपक रेग्मी, प्रमिला ढुंगाना, पदमप्रसाद सुवेदी र निलम गुरागाइँ सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा रेग्मीले राखेकी थिइन् भने अवसरमा दमक–२ का वडा सदस्यद्धय ललित बिक र कृष्णमाया थापा, पूर्व वडाध्यक्ष पूर्णबहादुर विष्ट, टेकनाथ रेग्मी, पण्डीत चेतन आचार्य र दाता परिवारको तर्फबाट गुणराज थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *