शिबगञ्ज, २८ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जमा सञ्चालित वीपी बहुउद्धेश्यीय सहकारी कृषि सेवा संस्थाले आज आफ्नो ३४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा र जेष्ठ सदस्य इन्द्रबहादुर रेग्मीको प्रमुख आतिथ्यतमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

शिबगञ्जस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा सोमबार आयोजित ३४औं वार्षिक साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचततर्फ कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने सदस्यहरुमा छबिलाल दुलाल (उत्कृष्ट बचतकर्ता), श्यामलाल राजवंशी (उत्कृष्ट ऋणी) र युनिश कटुवाल (उत्कृष्ट बाल बचत) छन् ।

त्यस्तैं, वार्षिक साधारणसभाले वीपी बहुउद्धेश्यीय सहकारी कृषि सेवा संस्थाको सञ्चालक समितिको रिक्त रहेको सचिव पदमा सन्तकुमार खड्का र रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजनारायण चौधरीलाई चयन गरेको छ ।

वार्षिक साधारणसभामा सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा गरेका विभिद गतिविधिसहितको प्रगती प्रतिवेदन अध्यक्ष दिनेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिका संयोजक सन्तकुमार खड्काले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवदेनमाथि वार्षिक साधारणसभामा सहभागि सदस्यहरुले समुहगत छलफल तथा सुझाव संकलन गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष अम्बिका थापा निरौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी व्यवस्थापक मनिषा दाहाल कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो सभामा लेखा सुपरिवेक्षण समिति संयोजक सन्तकुमार खड्का, ऋण समिति संयोजक खेमनाथ न्यौपाने, बजार व्यवस्थापन समिति संयोजक गोकुल विमली, कृषि समिति संयोजक सूर्यनारायण राजवंशी, सदस्य भक्तिप्रसाद काफ्ले, आनन्दकुमार प्रधान, ऋण समितिका सदस्य बालिका कार्की, सञ्चालक समिति सदस्य नवीनकुमार तिम्सिना, नारायाणप्रसाद दाहाल, टीकादेवी काफ्ले घिमिरे, सूर्यनारायण राजवंशी लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *