दमक, ३० पुस–मिडिया नेपाल झापा शाखाको सह-सचिव पदमा युवा पत्रकार सुजन गौतम मनोनित भएका छन्। मिडिया नेपालको कार्यसमितिको निर्णयअनुसार दमकका क्रियाशिल पत्रकार गौतमलाई सह-सचिव पदमा मनोनयन गरिएको हो।

तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा जन्मिएका पत्रकार गौतम हाल झापाको दमकमा बसोबास गर्दै आएका छन्। उनी नेक्स्ट नेपाल मिडिया प्रा।लि।द्वारा सञ्चालित मल्टिमिडिया डट कमका सञ्चालकसमेत हुन्। साथै, न्युज झापा अनलाइन र पूर्व सन्देश पत्रिका लगायत विभिन्न सञ्चार माध्यम तथा संस्थामा उनी आबद्ध रहँदै आएका छन्।

२२ वर्षे उमेरमै पत्रकारितामा सक्रिय गौतमले पाँच वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन्। स्थानीयदेखि राष्ट्रिय विषयवस्तुमा समाचार, सूचना र जनसरोकारका मुद्दा उठाउँदै आएका उनी युवामाझ परिचित नाम हुन्।

मनोनयन पत्रमा मिडिया नेपालले पत्रकार गौतमको अनुभव, सक्रियता र प्रतिबद्धताले संस्थाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

साथै, संस्थाको विधान, नियम र निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्दै आगामी दिनमा संस्थाका गतिविधिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। पत्रकार गौतमको मनोनयनसँगै मिडिया नेपाल झापा शाखामा युवाको सहभागिता थप सशक्त हुने विश्वास गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *