माइधार (शिबसताक्षी), २ माघ–माघे सङ्क्रान्ति (विहिबार) का दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
विहिबार बिहान ९ः३० बजे कनकाई माईमेला जाँदै गरेको मे १ च ४५१५ न। को पिकअप गाडी दुर्घटनामा परेको हो । पूर्वबाट जाँदै गरेको सो पिकअपलाई कनकाई–३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ न। को बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा पिकअपमा सवार आमा छोरीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । भद्रपुर ८ बस्ने आफुद राजवंशीकी श्रीमती ४० वर्षीया सुस्मा राजवंशी र उनकी छोरी डेढ वर्षीया आरुती राजवंशीको मृत्यु भएको हो । ४० वर्षीय आफुद राजवंशी र उनका अर्का छोरा १५ वर्षीय आशिष् राजवंशी घाइते भएका छन् ।
सो दुर्घटनामा मेचीनगर– १५ बस्ने वर्ष ६५ की फुलमणि मुर्मु , सोही ठाउँ बस्ने वर्ष ४२ की जमुना राजवंशी ,टिकेन्द्र राजवंशीका छोरा वर्ष ११ का अनिष राजवंशी , भद्रपुर ४ बस्ने वर्ष ४० का पुष्पलाल राजवंशी , भद्रपुर ९ बस्ने वर्ष ४० की टेमुना राजवंशी , शिवसताक्षी १० बस्ने वर्ष २९ की अन्जली राई , बिर्तामोड ३ बस्ने वर्ष २४ का अभिषेक राजवंशी ,मेचीनगर १५ बस्ने वर्ष १५ की कृतिका राजवंशी , भद्रपुर ४ बस्ने वर्ष ४५ की पाथल राजवंशी ,भद्रपुर ८ बस्ने वर्ष १८ की रिया मण्डल घाइते भएका छन् । उनीहरूको बिर्तासिटी र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ७ः५० बजे बिर्तामोड – ५ सिटीसेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना। ८ ख २२९७ न। को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ९जलेर० मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।
मोटरसाइकल चालक हल्दिवारी ४ बस्ने वर्ष ३२ का खगेन्द्र मगरको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष २५ की सुकमाया तामाङ गंभीर घाइते छिन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
त्यस्तै हिजो बिहान ८ः३० बजे हल्दीवारी ४ मंगलबारेस्थित भित्री पक्की सडकखण्डमा मंगलबारेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे। १ ह ५७०८ नं। को अटो रिक्सा र बिपरित दिसाबाट जाँदै गरेको प्र।१–०१–०१५ प २४३ नं। को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
अटो चालक हल्दीवारी ४ बस्ने वर्ष ४२ का राजु मेचे सकुशल छन् भने अटोमा सवार उनकी श्रीमती वर्ष ४० की मिना मेचे , उनका छोरा वर्ष २३ का अनन मेचे , मोटरसाइकल चालक बिर्तामोड ४ बस्ने वर्ष ३६ का कुशल अधिकारी र मोटरसाइकलमा पछाडि सवार उनकी आमा वर्ष ६५ की बुद्धिमाया अधिकारी घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो दिउँसो ४ः३० बजे शिवसताक्षी ११ झिलझिले भित्री पक्की सडकखण्डमा सतासीधामबाट झिलझिलेतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ०४२ न।को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएर सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१५ प ००७२ न।को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ०४२ न को मोटसाइकल पछाडि सवार शिबसताक्षी १ बस्ने वर्ष ४० का तिर्थबहादुर प्रधान घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
त्यस्तै, हिजो साँझ ५ः४० बजे गौरादह ८ प्रगति चोकस्थित गौरादह भित्री सडकखण्डमा गौरीगंजबाट गौरादहतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ४९३८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । सिटी सफारीमा सवार गौरादह ७ बराल चोक बस्ने वर्ष ४२ का बुधलाल हस्दा र पाटागाडा बस्ने वर्ष १३ की तनु मुर्मु घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लाईफलाईन अस्पताल दमक पठाइएको छ ।
त्यस्तै हिजो साँझ ७ः३० बजे दमक वडा नं १ नगरपालिकास्थित भित्री सडकखण्डमा हाटखोलाबाट फाल्गुनन्द चोकतर्फ आउँदै गरेको प्र न १–०२–०५३ प ७५३५ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको अल्फाबेट नखुलेको ०६०२ नम्बरको सेतो रंगको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक दमक ३ बस्ने वर्ष १९ का अनुभव चौधरी घाइते भएका छन् । उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ ।
त्यस्तै गएराति ८ बजे अर्जुनधारा ४ रातेखालस्थित शनिश्चरे–रातेखाल भित्री सडकखण्डमा रातेखालबाट शनिश्चरेतर्फ आउँदै गरेको प्र।१–०१–०१३प ९१२९ नं को स्कुटी र विपरित दिशातर्फ जाँदै गरेको मे ५प ६८७७ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक अर्जुनधारा ४ बस्ने वर्ष ३० का सुरज धिमाल, सोही स्कुटीमा सवार निवास मल्लिककी छोरी वर्ष ६ की आयुसी मल्लिक र मोटरसाइकल चालक अर्जुनधारा ७ बस्ने वर्ष ५० का ज्ञानु भट्टराई घाइते भएका छन् । तीनैजनाको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो साँझ ५ः२५ बजे बुद्धशान्ति १ शान्ति चोकस्थित भित्री सडकखण्डमा भोटेटारबाट बुधबारेतर्फ आउने क्रममा मे ७ प ४०६३ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने वर्ष २७ का दिवस प्रधान , सोही मोटरसाइकलमा पछाडि सवार श्याम प्रधानका छोरा वर्ष १३ का शुभम् प्रधान र उनकी बहिनी २३ महिनाकी शुभश्री प्रधान घाइते भएका छन् । तीनै जना घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गएराति १०ः५० बजे बाह्रदशी ४ चकचकीस्थित भित्री सडकखण्डमा लक्ष्मीपुरबाट फुलबारीतर्फ जाँदै गरेको मे २प ७२०५ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बाह्रदशी ४ चकचकी बस्ने वर्ष २९ का लक्ष्मी ताजपुरिया घाइते भएका छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गएराति ११ बजे कनकाई नगरपालिका वडा नं ५ चप्रामारी चोकस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट शरणामतीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी वडा नं १ हर्कबारी बस्ने वर्ष २१ का सुरेश मर्डी र पछाडी सवार वर्ष १८ का सुनिल मुर्मु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।
