दमक, २ माघ–फागुन २१ म हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापाका पाँचवटै संघीय निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति भद्रपुर (क्षेत्र नं ३) मा स्थापना गरिएको छ । यस्तै, क्षेत्र नं १ को मेचीनगर,–२ को अर्जुनधारा, क्षेत्र नं ४ को कनकाई र क्षेत्र नम्बर ५ को दमक ८ मा निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा ल्याइएका हुन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले भद्रपुरमा स्थापना गरिएको मुख्य कार्यालय उदघाटन गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग अपरिहार्य हुने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाए ।

पञ्चायती व्यवस्था विरुद्धको ‘झापा विद्रोह’ देखि देशका चर्चित पात्र तथा शीर्ष नेताहरू पनि यसपटक झापामै चुनाव लड्ने चर्चा रहेकाले यहाँको चुनावी गतिबिधिलाई महत्वसँग हेरिँदैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *