बिर्तामोड, ३ माघ–झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।
नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालयमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् ।
युथ भोलिन्टियर फोर्स झापाको जिल्ला कमाण्डरमा विकास गिरी, सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बुसहितको जिल्ला फोर्स घोषणा गरिएको हो ।
युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका युथ भोलिन्टियर फोर्सका नेता जगत राईले जानकारी दिए । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो ।
