माधवकुमार नेपाल

काठमाडौँ, १० मााघ–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे।

उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनानुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए।

उनले भने, ‘जनताले नेपाली कम्युनिष्ट पार्टीलाई जिताउन चाहेका छन्। सबैभन्दा ठूलो नम्बर एक पार्टीको रूपमा यसलाई विजयी बनाउन मेचीदेखि महाकालीसम्म अभियान चलिरहेको छ। जनताको भावनानुसार हामी काम अघि बढाउनेछौँ।’

सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनानुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *