दमक, १० माघ–प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदैगर्दा झापा क्षेत्र नम्बर ५ मा दलहरुले आ–आफ्नै छुट्टाछुट्टै भेलाको आयोजना गरिरहेको छ ।

आज (शनिबार) नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं ५ क्षेत्रीय कमिटीले दमकमा निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको संयोजकमा पाँच सय ५५ जना रहेको मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

पार्टीले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ का उम्मेद्वार रञ्जित तामाङलाई यसअघि नै घोषणा गरिसकेको छ । उम्मेद्वार तामाङ पार्टीका झापा इन्चार्ज हुन् । उनकै उपस्थितिमा निर्वाचन परिचालन अन्तर्गत दर्जन बढी उपसमितिहरुसमेत घोषणा गरिएको छ ।

केन्द्रीय सदस्य प्रविण चाम्लिङ्लेको संयोजकत्वमा अनुगमन समिति, प्रचारप्रसार विभाग प्रमुखमा दिपेनबाला राई, आर्थिक विभाग प्रमुखमा वीरेन्द्र बस्नेत, वार्ता तथा अन्तरपार्टी समन्वयको प्रमुखमा रेवतराज (गगन) पुरी र स्वयंसेवक विभाग प्रमुखममा डम्बर पुलामी रहेका छन्।

त्यसैगरी, शिक्षक(वुद्धिजिवी समन्वयमा रमेश गुरागाई, महिला विभाग प्रमखममा अनिषा झाँगर, क्षेत्र वाहिरका मतदाता समन्वयमा ओम बस्नेत, कार्यालय विभागमा दुर्गा चौलगाई, सुकुमबासी समन्वय विभागमा वेदु गौतम, मजदुर समन्वय विभागमा प्रशान्त भण्डारी, उम्मेदवार प्रतिनिधिमा शंकर बस्नेत, जेष्ठ नागरिक समन्वय प्रमुखमा नगेन्द्र सावा रहेका छन्।

यसैगरी कार्यविभाजन अनुसार क्षेत्रका चारवटा पालिका मध्ये दमकको वीरेन्द्र बस्नेत, कमल गाउँपालिका दिपेनवाला राई, गौरदह गगन पुरी र गौरीगञ्ज कार्यालयले हेर्ने तय भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *