काठमाडौं, ११ माघ–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका तीन जना उम्मेदवारमाथि उजुरी परेको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूची रहेका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा र राप्रपाको सूचीमा रहेका कुमार बहादुर थापा विरूद्ध उजुरी परेको हो।

मण्डल आदिवासी तर्फको व्यक्ति भएको र उनको उम्मेदवारी मधेसी क्लस्टरमा राख्न नमिल्ने भनेर उनीविरूद्ध उजुरी परेको छ।

त्यस्तै नेकपाका लामाविरूद्ध अपांगता नभएको व्यक्तिलाई अपांगता क्लस्टरमा राखिएको भन्ने ब्यहोराको उजुरी परेको छ।

राप्रपाका थापा विरूद्ध उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन अवस्थामा रहेको भन्ने ब्यहोराको उजुरी परेको छ।

निर्वाचन आयोगले सम्बन्धित पक्षलाई आ(आफ्नो सबुत प्रमाणसहित माघ १३ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित हुन भनेको थियो।

उपस्थित नभए कानुनबमोजिम हुने आयोगले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *