फाइल तस्विर

काठमाडौँ, ११ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं। ५ का उम्मेदवार बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा सार्वजनिक बहसमा उभिन नसक्ने प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा ओलीको पोष्टमा कमेण्ट गर्दै उनले ओलीसँग एउटै मञ्चमा उभिँदा जेनजी आन्दोलनमा ७६ जनाको हत्या भएको घटनामा आफू पनि सामेल भएको ठहरिने तर्क गरेका छन् ।

बालेनले ओलीलाई आफूलाई देश जलाउनेकै रूपमा स्वीकार्न भनेका छन्। २३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको उनको आरोप छ।

यसअघि आइतबार बिहानै स्टाटस लेखेर ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए। ओली र साह एकै निर्वाचन क्षेत्रमा भिड्दैछन् । थाहाखबरबाट 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *