राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं, १२ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन्।

झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए।

‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको उम्मेदवार भोट मागेर हिँडिरहनुभएको छ, हाम्रो उम्मेदवार पनि भोट मागेर हिँडिरहनुभएको छ। तालमेलको कुनै सम्भावना छैन,’ अध्यक्ष लिङ्देनले भने।

एमाले वा अरू कुनै दलसँग चुनावी तालमेलबारे अहिले नसोचेको पनि उनले बताए।

विगतका निर्वाचनमा झापासहित केही जिल्लामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *