दमक, ११ माघ–दमक नगरपालिकामा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं ७ वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जाल दमकको आयोजनामा सम्पन्न प्रतियोगितामा ग्लोबल एजुकेसन एकेडेमीका श्रीयन्स चौलागाईं प्रथम भएका छन्। ।

यस्तै, सूर्योदय एजुकेसन इङ्लिस स्कुलका तनय पाण्डेले दोस्रो र सोही विद्यालयका हिलिहाङ लिम्बूले तेस्रो स्थान हासिल गर्न सफल भएका ७ नम्बर वडा कार्यालय सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई मेडल, ट्रफी तथा नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार, चौथो हुनेलाई १ हजार र पाँचौं हुनेलाई पनि १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै सहभागीहरु मध्ये सबैभन्दा धेरै अंक ल्याउने महिलालाई पनि नगद १ हजार पुरस्कार प्रदान गरिएको वडा बाल सञ्जालका सचिव अभिषेक ढकालले बताए ।

दमक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेलको प्रमुख आतिथ्य र वडा बाल सञ्जाल दमक–७ की अध्यक्ष शुभेच्छा बिमलीको अध्यक्षतामा भएको प्रतियोगितामा दमक नगरपालिकाभित्रका २० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूले सहभागितामा जनाएका थिए ।

कार्यक्रममा वडा नं ७ का वडा सदस्यहरू अतित वान्तवा राई, मानबहादुर खवास, तारादेवी रणपहेंली लगायत विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता कार्यक्रमको सञ्चालन वडा बाल सञ्जाल दमक–७ का सह–सचिव कमल पोख्रेलले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *