दमक, १६ माघ–किरात मुन्दुम अध्ययन केन्द्रले झापाको दमकमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार, दमकस्थित दमक उद्योग बाणिज्य संघको हलमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा मोरङको लेटाङ समूह (क) प्रथम भएको छ । प्रथम हुने लेटाङ समूहका डिसिजा राई, खुस्बु राई र निश्चल राई छन् ।

त्यसैगरी, प्रतियोगितामा रेस्मिका राई, दिया राई र ग्रेसिका राई सहभागि सुनसरीको इनरुवा समूह दोस्रो भएका थिए भने चेतन राई, सलोन राई र वर्षा राई सहभागि लेटाङ समूह (ख) तेस्रो भएका छन् ।

प्रतियोगिताको चौथो स्थान मोरङको सुन्दरहरैचा समुह भएका थिए । सो समूहमा सुम्निामा राई, युनिसा राई र मुलिहाङ राई सहभागि बनेका थिए ।

किरात मुन्दुम अध्ययन केन्द्र झापाका अध्यक्ष रमेश राईको अध्यक्षतामा र मुन्दुम अध्ययन केन्द्रका केन्द्रीय अध्यक्षसमे रहनुभएका वरिष्ठ लोकसंगीतकर्मी जीतेन राईको प्रमुख आतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

सो प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका दुई दर्जन समूहले सहभागिता जनाएका किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी शाखा अध्यक्ष एबम् व्यवसायी चित्रबहादुर राईले जानकारी गराए ।

सो प्रतियोगितामा केन्द्रका केन्द्रीय सहसचिव डाक्टर शान्तिदेवी राइ, इलाम, सुनसरी, मोरङ र झापाका अध्यक्षसहित पदाधिकारीहरु र सदस्यहरुको टूलो संख्यामा उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *