कमल कटुवाल/कमल, २२ माघ–विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका कमल–४, जोगीचौन निवासी अभिनारायण चापागाईं ६९ वर्षको उमेरमा पनि आजसम्म अनवरत रूपमा गाई–भैँसीपालन गरी दुग्ध उत्पादन पेशामा संलग्न रहनु भएको छ।

परिवारको उपभोगपछि पनि उहाँले दैनिक करिब ४० लिटर दूधलाई नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ मा बिक्री गर्दै आउनु भएको छ ।

दूध तथा दुग्धजन्य पदार्थको सेवनबाट स्वस्थ र निरोगी रहनुभएको उहाँले २०८२ पुस महिनामा मात्र १०८५ लिटर दूध बिक्री गरी रु।७७,८१० आम्दानी गर्नुभएको संस्थाका व्यवस्थापक हरी अधिकारीले बताउनुभयो ।

जीवनको अन्तिमसम्म यही दुग्ध उत्पादन पेशामै निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस पेशाबाट आफू अत्यन्तै खुशी रहेको बताउनुभएको छ। साथै, सबै शेयरसदस्य तथा किसान दाजुभाइलाई यस पेशाबाट निराश नहुन र निरन्तर मेहनतका साथ अघि बढिरहन आग्रह गर्नुभएको छ ।

संस्थामार्फत कारोबार गर्दा दूधको भुक्तानी आफ्नो बचत खातामा सुरक्षित रूपमा जम्मा हुने र आवश्यक पर्दा सहजै निकाल्न सकिने भएकाले संस्थामै कारोबार गर्न समेत अनुरोध गर्नुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *