दमक, १ फागुन–दुई ठूला चर्चित नेताहरुसंगको चुनावी प्रतिस्पर्धाले झापा ५ मा नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरिया पौडेलको चर्चा बेग्लै छ ।

निर्वाचन लडनका लागि नभएर जीत्नका लागि भएपछि यतिवेला कांग्रेसले निर्वाचन क्षेत्र ५ का सवै पालिकाहरुको वडास्तरमा चुनाव प्रचारप्रसार अन्तर्गत उम्मेदवार र मतदाताहरुबीचको भेटघाटलाई तिब्र बनाएको छ ।

तालिका बनाएर चुनाव प्रचार प्रसारको गतिबिधि अघि बढाइरहेको कांग्रेसले यस क्षेत्रकी उम्मेदवार मन्धरा चिमरिया पौडेललाई वडा तहमा नेता कार्यकर्ताहरु सम्मिलित चुनाव प्रचार प्रसार समिति गठन सकेर मतदाताहरुको घरदैलोमा पुग्ने कार्यक्रमलाई अघि बढाएको हो ।

आज बिहानै देखि उम्मेदवार चिमरियासहित ठुलो संख्यामा नेता, कार्यकर्ताहरु सम्मिलित टोलीले दमकको १० नम्बर वडाका विभिन्न गाउँ टोलमा घरदैलो सञ्चालन गरिरहेको कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति प्रेम भट्टराईले जानकारी दिए ।

बिहिबार दमक ५ मा घरदैलो प्रभावकारी रुपमा सञ्चालन भएको वडा सभापति तथा वडास्तरीय चुनाव प्रचार प्रसार समिति संयोजक चैतन्य बरालले जानकारी दिए ।

नगर सभापति भट्टराईका अनुसार हाल सम्म दमकको वडा नं १ देखि ५ सम्मका वडाहरुमा आंिशक रुपमा घरदैलो मार्फत मतदाताहरुसँगको भेटघाट र अन्तरक्रिया सकिएको छ ।

अधिकांश मतदाताहरुले यस पटकको चुनावमा निस्कलंकित, विवादरहित उम्मेदवारका रुपमा रहेकी महिला उम्मेदवार मन्धरालाई अघि बढाइएकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रकी अनुभवी सामाजिक क्षेत्रमा योगदान पुरयाएकी मन्धरा चिमरियालाई संसदमा पठाउने आश्वासन दिइरहेका चुनाव प्रचार प्रसार अन्तर्गतको सूचना समितिका संयोजक पर्शुराम रिजालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *