क्याम्पा (कमल) २ फागुन–क्याम्पास्थित कमल नगर अस्पतालले विभिद कार्यक्रमहरुसहित शुक्रबार तेस्रो वार्षिकोत्सव मनाएको छ । कमल–२ क्याम्पामा अवस्थित सो असपतालले तेस्रो वार्षिकोत्सव समारोहमा एक जना डाक्टर र एक जना अनमीलाई नगदसहित सम्मान भएका छन् ।

त्यस्तैं, स्थानीयवासीलाई सेवा दिनका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

वार्षिकोत्सव समारोहका अस्पताल सञ्चालक समितिका अध्यक्ष तथना कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर पुलक चन्द्र लावोती र अनमी अञ्जना सापकोटलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

त्यसवीचमा गाउँपालिका अध्यक्ष राईले कमल नगर अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवालाई सेवाुमखीसहित थप गुणस्तरीय र थप प्रभावकारी बनाउन डाक्टरसहित स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

वहाँले अस्पतालमा आधुनिक प्रविधिहरुसहित दक्ष जनशक्तिहरुबाट सेवा उपलब्ध गराउन गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारसंग योजनाहरु पेश गरिएको बताउनुभयो ।

वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको र सो शिविरमा दन्त परिक्षण, आँखा जाँच, फिजिसियन र नशा तथा हार्डजोर्नी विशेषज्ञहरले सेवा दिएका स्वास्थ्य शाखाका प्रमुख दीपक दाहालले जानकारी दिए ।

शाखा प्रमुख दाहालले कमल नगर अस्पतालले फागुनदेखि आँखा सम्बन्धिका जाँच, मनिटर सेवा र डेन्टल एक्सेरे सेवा सञ्चालनमा ल्याउने बताए ।

कमल गाउँपालिकाले सञ्चालनमा ल्याएको कमल नगर अस्पताल स्थापना भएको तेस्रो वर्ष पुगेको हो । वार्षिकोत्सव समारोहमा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले शुभकामना मन्तव्य राखेका थिइन् ।

वार्षिकोत्सव समारोहमा जनप्रतिनिधिहरु, कमल गाउँपालिाका ७ वटै वढाका आधारभूत स्वास्थ्य कार्यालयका प्रमुख तथा कर्मचारीहरु, स्थानीय संघसंस्थाका प्रनिनिधिहरु र शिविरमा सेवा लिन आएका सर्वसाधारणहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *