गगन थापा

काठमाडौं, ६ फागुन–नेपाली कांग्रेसका सभापति गगन थापाले अब कुनै पनि नेपालीले झुटा मुद्दाको सिकार बन्नु नपर्ने बताएका छन्।

बुधबार जनकपुरमा आयोजित प्रतिज्ञा सभामा सम्बोधन गर्दै थापाले कांग्रेस सरकारमा आएपछि कसैले पनि झुटो मुद्दा खेप्नुनपर्ने बताएका हुन्।

‘अब कसैले पनि झुटो मुद्दाको सिकार हुनुपर्दैन। हातमा फाइल बोकेर काठमाडौंको अदालत धाउनुपर्दैन। यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने।

सभापति थापाले किसानले मलखात कहिले पाइन्छ भनेर पीर गर्नु नपर्ने र युवकहरूले लाइसेन्स बनाउन जाँदा घुस दिन नपर्ने व्यवस्था पनि कांग्रेसले गर्ने बताए।

साथै सरकारका मन्त्रीहरूले भ्रष्टाचार नगर्ने कुराको ग्यारेन्टी पनि कांग्रेसले लिने उनको भनाइ छ।

‘यो केबल खोक्रो भाषण होइन। कसरी गर्नेरु कसरी सकिन्छरु प्रत्येक कुराहरूको खोजी गरेर आएका छौं,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *