दमक, ७ फागुन–मार्सलआर्ट अन्तर्गत झापा जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा दमक नगरपालिका दोश्रो भएको छ ।

जिल्लाको गौरादहमा गत फागुन ४ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दमक नगरपालिकाले तीन स्वर्ण, एक रजत र ३ कास्य गरि ७ वटा पदक जित्दै जिल्ला दोश्रो बनेको हो ।

१६औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो तर्फ दमक नगरपालिकाको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि दमक तेक्वान्दो डोजाङकी खेलाडी देन्सु योगीले प्रतियोगितामा स्वर्ण पदम (गोल्ड मेडल) जितेका थिइन् ।

सो प्रतियोगितामा अर्जुनधारा नगरपालिका जिल्ला च्याम्पियन बनेको थियो ।

दमक तेक्वान्दो डोजाङका अध्यक्ष तथा दमक नगरपालिका खेलकुद विकास समितिका सदस्य जितु धिमालका अनुसार दमक नगरपालिकाबाट सहभागि तेक्वान्दो विद्याको प्रतियोगितामा दमक नगरपालिकाबाट छनौट भएका दमक तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङका विभिन्न तौल समूहबाट १० जनाले प्रतिष्पर्धा गरेका थिए ।

दमक तेक्वान्दो डोजाङका खेलाडीले २ स्वर्ण, २ कास्य र सगरमाथाका खेलाडीले एक स्वर्ण, तीन रजत पदक जित्न सफल भएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीहरुले झापा जिल्लाकै प्रतिनिधित्व गर्दे प्रदेशस्तरमा सहभागिता जनाउने छन् ।

१६औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्ला भरिका १५ वटै पालिकाले भाग लिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *