झिलझिले, ९ फागुन–प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ हुँदैछ । निर्वाचनको मिति नजिकिदैं गर्दा राजनीतिक दलहरु र दलका उम्मेद्वारहरु मतदाताहरुको घरदैलोमै पुगेर भेटघाटमा व्यस्त छन् ।

यता, झापाका ५ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ४ को चुनावी बातबरण फरक खालको छ । कनकाई, बिरिङ, कमल, बनियानी जस्ता ठूला साना नदि–खोलाहरुले वर्षेनी ठूलो क्षति हुने यस निर्वाचन क्षेत्रमा यसपटक देउमान थेबे उम्मेद्वार बनेका छन् ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट झापा ४ का उम्मेद्वार बन्नुभएका थेबेको लोकप्रियता बढ्दो छ । कांग्रेस झापाको सभापति समेत रहनुभएका थेबे विकास प्रेमी नेता हुन् ।

थेबेको चुनावी अभियानमा यतिवेला मतदाताहरु उत्साहित भएका छन् । थेबेलाई निर्वाचनमा बिजय गराउँने उनीहरुले प्रतिबछता र अठोट गरेका छन् ।

शुक्रबार, शिबसताक्षी ९ र १० का मतदाताहरुलाई भेट्न आइपुगेका थेबेलाई स्थानीयले दर्जनौ समस्या र गुनासाहरु राखेका छन् । थेबेसंग स्थानीय समस्याहरु मात्रै राखेनन् । यहाँबाट निर्वाचन सांसददेखि स्थानीय जनप्रतिनिधिले गरेका विभेदका बारेमा समेत गुनासाहरु राखे ।

त्यहाँ, कनकाई नदिको बाढीबाट वर्षेनी हुने कटान, डुबान र क्षतिको बारेमा आफ्ना समस्याहरु राखेका थिए । पछिल्लोसमय मानव हाक्तिको द्धन्द्ध, जङ्गली हाक्ति रोकथान, स्वास्थ्य, शिक्षा, सुरक्षा, सडक, पिउने पानी, सिचाई लगायतका दर्जनौ समस्याहरु राखेका थिए ।

स्थानीयले झापा ४ मा यसपटक पुरानोलाई आराम गराउनुपनेर्् र देउमान थेबे नयाँ सांसद बनाएर पठाउनुपर्ने चाहाना व्यक्त गरेका थिए । एउटै मान्छे दुई पटक निार्वाचित भए, स्थानीयहरु भन्छन्ः पटक पटक एउटै मान्छे संसद भएपछि जनताका पक्षमा काम गर्न सक्दैनन् । सिमिति केही व्याक्तिहरु र व्यवसायिक कम्पनी वा समुहले सांसद वा जनप्रतिधिलाई नियन्त्रण गरेपछि जनताका काम बन्दैन । उनिहरुले जनताबाट निर्वाचित हुने जनप्रतिनिधि साझा बन्नुपर्ने समेत सुझाव राखेका थिए ।

उम्मेद्वार थेबेलाई शिबसताक्षी ९ र १० का पार्टी सदस्यहरुसहित स्थानीयवासीहरुले निर्वाचनमा जिताएर पठाउँने अठोट गरेका छन् । सो क्रममा पार्टी महासमिति सदस्य मछिन्द्र शेर्मा, नगर सभापति अशोक बस्नेत, नेता परशुराम ढुङ्गाना, तुला बोखिम लगायतका नेताहरु सहभागि थिए ।

थेबेसंगै झापा ४ मा एमालेबाट लालप्रसाद सावाँ, नेकपाबाट पुरोषत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल, राप्रपाबाट भक्तिप्रसाद सिटौला, श्रमसंस्कृति पार्टीबाट अमृत राई लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *