दमक, ११ फागुन–काठमाण्डौंमा सम्पन्न चौथो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दमकबाट सहभागि तीन खेलाडीले अन्तराष्ट्रिय पदम जितेका छन् ।
यसरी पदक जित्ने दमक तेक्वान्दो डोजाङका रोहित गुरागाई (५३ केजी) ले रजत पदक जितेका हुन् । त्यस्तैं, शुभम अधिकारी (४१ केजी) र आयुष धिमाल (५७ केजी) ले काष्य पदक जितेका हुन् ।
गुरागाई, अधिकारी र धिमााल दमक तेक्वान्दो डोजाङका सिनियर खेलाडीहरु हुन् । दमक तेक्वान्दो डोजाङबाट पहिलो पटक अन्तराष्ट्रिय पदक जित्ने खेलाडीहरु हुन् ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जितु) धिमालका अनुसार फागुन ७ देखि ९ गते काठमाण्डौमा चौथो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा भएको सो प्रतियोगितामा नेपाल, भारतसहित सार्क देशहरु, एशिया तथा यूरोप लगायतका विभिन्न २३ देशका २ हजार बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।
डोजाङका प्रशिक्षकद्धय कपिल धिमाल र प्रतिमा तामाङको नेतृत्वमा दमक तेक्वान्दो डोजाङका ८ जना खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
अध्यक्ष धिमालले डोजाङ स्थापना भएको छोटो अवधिमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने पदक बिजेता खेलाडीहरु र प्रशिक्षकलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।,
अध्यक्ष धिमाललका अनुसार यस डोजाङले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो।
