दमक, १० फागुन–नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो ३९औं वार्षिकोत्सवमा सेवामुखी कार्यक्रमहरु आयोजना गरेर मनाएको छ ।

यसैवीच, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालयले दमकमा आज (आइतबार) छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर ३९औं वार्षिकोत्सव मनाएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आइतबार बिहान दमक–९ अमर चोक नजिकै रहेको अनाथ बाल आश्रमका बालबालिकासंग बार्षिकोत्सव मनाएको हो । त्यहाँ, विहानी समयको भोजन राराउनुका साथै आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

आश्रममा संक्षिप्त कार्यक्रमको आयोजना गरेर नेशनल लाइफ इन्स्योरेन्सले सामाजिक अत्तरदायित्व वहन गर्न दमक शाखा कार्यालयसहित देशभरका शाखा कार्यालयहरुले सेवामुखि काम गरिआएको शाखा प्रमुख सुमन राईले बताउनुभयो । शाखा प्रमुख राईका अनुसार अनाथ बाल आश्रममा ३० जना बालबालिकाहरु आश्रित छन् ।

गत वर्ष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दमक–२ खरखरेमा अवस्थित मानव सेवा आश्रममा ३८औं वार्षिकोत्सव मनाइएको थियो ।

त्यस्तैं, आजै दमक शाखा कार्यालयमा जन्मोत्सवको केक काटुनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा विमा क्षेत्रमा लामो समयदेखि अभिकर्ताहरु र कर्मचारीहरुको सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *