धरमपुर, १२ फागुन–झापा ४ मा नेपाली कांग्रेस पार्टीले निर्वाचन लक्षित प्रचार–प्रसार कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउँदै छन् ।

निर्वाचनको मिति नजिकिदैं गर्दा नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार देउमान थेबेलाई अत्याधिक मतसहित बिजय गराउन मतदाताको घरदैलोमा पुगेर भोट माग्ने अभियानलाई तीब्र बनाएका छन् । थेबे झापाका कांग्रेस जिल्ला सभापति हुन् ।

कांग्रेस महासमिति सदस्य तथा झापा ४ का निर्वाचन परिचालन समितिका सदस्य नेता मछिन्द्र शेर्माको कमाण्डमा आज शिबसताक्षी–२ मंगलबारे बजासहित आसपासका गाउँ र टोलमा चुनावी प्रचार प्रसार गरिएको छ ।

मंगलबार, महासमिति सदस्य तथा युवा नेता शेर्माको नेतृत्वमा नगरको वडा नम्बर २ मा आधा दर्जन गाउँ र टोलस्तरीय चुनावी प्रचार–प्रसार तथा मतदाताहरुसंगको भेटघाट गरिएको हो ।

वडाको मंगलबारे बजासििहत ब्याङडु्ग्रा, लाहुरे चोक, स्वागत चोक, इन्दैणी चोक, हिमाली चोक, नहर चोक, सयपत्री चोक, पगती चोक लगायतका गाउँ र टोलका मतदाताहरुको घरैमा पुगेर कांग्रेसका उम्मेद्वार देउमान थेबेलाई विजय गराउन चुनावी प्रचारप्रसार टोलीले रुख चिन्हमा मत मागेका छन् ।

सो क्रममा कांग्रेसले निर्वाचन लक्षित ल्याएका घोषणापत्र र नीति तथा कार्यक्रमहरु मतदातालाई जनाउँदै मतदाताले उठाएका सवाल, समस्या, गुनासा, सुझाव र गर्नुपर्ने विकासे योजनाहरु सङ्कलन गरिएको पार्टीका महासमिति सदस्य शेर्माले जानकारी दिनुभयो ।

यता, शिबसताक्षी नगरको ११ वटै वडाहरु र सो वडाको गाउँ–टोलहरुमा उम्मेद्वार थेबेसहित निर्वाचन परिचालन समितिले घरदैलो र मतदाता भेटघाटलाई तीब्र बनाइएको नगर सभापति अशोक बस्नेतले बताउनुभयो ।

प्रचारप्रसार टोलीमा पार्टी २ नम्बर वडा समितिका सभापति काजीमान बुढाथोकी, सचिव मानबहादुर थापा, कांग्रेस युवा तरुण निर्वाचन परिचालन समितिका नेता रबिन गुरुङ, नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसका नेता सविन गौतम, गणेश राई, मुकेश थलङ लिम्बूलगायत सहभागि थिए ।

त्यस्तैं, चुनावी प्रचार प्रसारलाई थप सशक्त र प्रभावकारी बनाउन घरदैलोमा पुगेर मतदातालाई भेटघाट कार्यक्रमलाई तीब्र बनाइने नेता मछिन्द्र शेर्माले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *