इलाम, १२ फागुन–वर्षासंगै परेको चट्याङले लागेर इलामको पुवामझुवामा वृद्धसहित तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा इलाम–३ पुवामझुवा बस्ने वर्ष ३० का पुष्पलाल विष्ट, सोही ठाउँ बस्ने वर्ष ४० का तारा खत्री र वर्ष ८२ का तिलककुमार खत्री रहेका छन् ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेतिर इलाम नगरपालिका ३ पुवामझुवामा चट्याङले लागेर उनीहरु घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइ उपचार भइरहेकोमा गंभीर अबस्थाका पुष्पलाल विष्टलाई थप उपचारका लागि बिर्तामोड रिफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *