पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ, १४ फागुन–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई गलत अर्थ लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको समयसम्म जरुरी पर्दा कांग्रेस(एमालेसँग सहकार्य गर्दै आएको र अहिले उपलब्धि रक्षा गर्ने सन्दर्भमा मात्रै आफूले त्यसरी बोलेको प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दा, संविधान र शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग कुरा गर्नुपर्नेछ। यी त हाम्रा पुराना सहयात्री हुन्। वैदेशिक दलालहरू विरुद्ध पनि मिल्न सकिन्छ।’

तर, यसलाई चुनावी तालमेलसँग जोडेर प्रचार गरिएको भन्दै उनी असन्तुष्ट छन् । प्रचण्डले भने, ‘विगतको कुरा गर्दा, संविधानसभाको कुरा गर्दा हामीले जरुरी पर्दा कांग्रेस–एमालेसँग सहकार्य गर्नुपर्छ भनेको हो। तर, त्यसलाई अहिले चुनावमा तालमेलको रूपमा प्रस्तुत गर्नु गलत हो। भदौ २३ पछि उनीहरू हाम्रा सहयात्री होइनन्।’

उनले संविधान, गणतन्त्र, संघीयता र समावेशीताका अधिकार सुरक्षित राख्नुपर्ने खतराविरुद्ध मात्र सबैसँग सहकार्य गर्ने स्पष्ट पारे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *