काठमाडौँ, १७ फागुन–सरकारले अरबका विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाएको बताएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको हो।
‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए।
मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए ।
