दमक, १८ फागुन–झापाको दमकस्थित हरिओम कोलनभित्र एउटा व्यवस्थित नीजि विद्यालय छ, दुई दशकदेखि दमकको शैक्षिक क्षेत्रमा सकारात्मक गतिविधिहरु गर्दै आइरहेका छन् ।

‘सिक्ने स्कुल’ को परिचय र पहिचानसंगै वृहत अभियान मार्फत दमकसहित झापाभित्र परिचित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले आज दमकमा यस्तै रचनात्मक कार्यक्रमका साथ वार्षिकोत्सव मनाएका छन् ।

दमक–५ हरिओम कोलनीस्थित ‘सिक्ने स्कुल’ सर्वोदय अंग्रेजी माध्यमिक विद्यालय परिसरमा सोमबार विद्यार्थीहरुले तयार गरिएका सिर्जनात्मक र रचनात्मक कार्यको प्रर्दशन गरिनुका साथै विद्यार्थीहरुको कला र प्रतिभाहरु प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवको उद्घाटन समारोहमा विद्यालयका प्रिन्सिपल नबीन योगीले सर्वोदय माध्यमिक विद्यालयको स्थापनाकालदेखि हालसम्मका संस्थागत गतिविधिहरु र आगामी कार्यक्रम र योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो ।

समारोहमा स्वागत मन्तब्यसहित सर्वोदय माध्यमिक विद्यालयले दमकको शैक्षिक उनन्यन र विकाससंगै सामाजिक सेवामासमेत देखाएका भूमिका र उत्तरदायित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) दमक नगर समितिका अध्यक्षसमेत रहनुभएका सर्वोदयका प्रिन्सिपल योगीले दमकमा गुणस्तर शिक्षाका लागि विद्यालयको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रिन्सिपल योगीले विद्यालयमा दक्ष शिक्षक शिक्षिका, उत्कृष्ट कक्षा कोठा, स्वच्छ बातबरण, पिउने पानी, सौचालय, पर्याप्त प्रविधिहरुसहित विद्यार्थीलाई विद्यालयमा आर्कषण गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विद्यार्थीहरुले तयार परिएको विज्ञान प्रर्दशनी, हस्तकलाका सामाग्री, खेलखेलौनाहरुको प्रर्दशन, नाटक मञ्चन, स्काउट प्रदर्शन, विभिन्न जातजातीका मौलिक साँस्कृतिनक खानाका परिकारहरु प्रर्दशन गरिएको थियो ।

त्यस्तैं, विद्यालयमा सर्वोदय गड ट्यालेन्ट अन्तर्गत विद्यार्थीवीच गायन र नृत्यतर्फ प्रतियोगिता सञ्चालन गरिएको थियो । सो प्रतियोगितामा सहभागित हुने बिजेता विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र र अवार्डहरु वितरण गरिएको थियो ।

सोही, समारोहमा विद्यालयमा कार्यरत दुईजना शिक्षक र शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समारोहमा दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराई, शिक्षा तथा खेलकुद शाखाका अधिकृत सोम गुरागाई, विद्यालयका पूर्व अध्यक्ष गंगाराम भट्टराई, दमक ५ की वडा सदस्य सरु परियार, निम्स नेशनल अस्पतालका अध्यक्ष उमाकान्त आचार्य, साहित्यकार धनकुटे कान्छासहित स्थानीय सञ्चारकर्मीहरु, अभिभावकहरु, विद्यार्थीहरु र पूर्व विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *