काठमाडौं, २४ फागुन–आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप जित्न सफल भएको हो।
फाइनलमा पहिले ब्याटिङ गरेको भारतले २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा न्युजिल्याण्ड १५९ रनमै समेटिएपछि भारत सहज जितसहित च्याम्पियन बनेको हो।
यसअघि भारतले सन् २००७ र २०२४ मा टी–२० विश्वकप जितेको थियो। पछिल्लो जितसँगै भारतले प्रतियोगिताको तेस्रो उपाधि उचालेको छ। उता न्युजिल्याण्ड भने फेरि पनि उपाधिबाट वञ्चित भएको छ।
बलियो टोलीका रूपमा चिनिए पनि न्युजिल्याण्डले अहिलेसम्म टी(२० विश्वकप जित्न सकेको छैन। यसअघि २०२१ को टी-२० विश्वकपमा पनि न्युजिल्याण्ड फाइनलमा पुगेको थियो, तर अष्ट्रेलियासँग पराजित हुँदै उपाधिबाट टाढा रहनुपरेको थियो।
