सन्तोष सुब्बा, तेह्रथुम

विराटनगर, २४ फागुन—कांग्रेस उम्मेदवार सन्तोष सुब्बाले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संघीय संसद्को बाटो तय गरेका छन् । रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरू बढारिहँदा कोशी प्रदेशबाट भने सुब्बाले जित दर्ज गर्दै कांग्रेसको प्रतिष्ठा जोगाए ।

२०७९ को प्रदेशसभामा तेह्रथुम १ (१) मा एमालेका किशोरचन्द्र दुलालसँग झिनो मतले पराजित उनले प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गर्दै पहिलो पटक संघीय संसद्को यात्रा तय गरेका हुन् ।

सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे।

श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बु ५ हजार २ सयसहित चौथो बने । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन् ।

त्यसअघि यो क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्थ्यो । कांग्रेस बलियो प्रतिस्पर्धी मात्रै थियो । २०७९ यता भने कांग्रेसले एमालेको उक्त किल्ला भत्काउन सफल भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *