काठमाडौं, ९ चैत–म्यानचेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गर्दै लिगकपको उपाधि जितेको छ।

निको ओ’रेलीले दोस्रो हाफमा दुई गोल गरेपछि सिटीले वेम्बलीमा सिजनको पहिलो उपाधि चुमेको हो।

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनल खेल अगाडि जितका लागि बलिया प्रत्यासी रहेता पनि सिटीको बलियो प्रदर्शन अगाडि उसको केही पनि चलेन। आर्सनलसामु सन् २०२० यता पहिलो उपाधि जित्ने अवसर थियो।

आर्सनलले सन् १९९३ यता लिगकप जित्न सकेको छैन। सिटीका प्रशिक्षक पेप ग्वार्डिओला क्लबमा आएयता उनी लिगकपको इतिहासमा सबैभन्दा सफल व्यवस्थापक भएका छन्।

यो सफलताले इंग्लिस प्रिमियर लिगको उपाधि होड पनि रोमाञ्चक बनेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *