दमक, ९ चैत–झापाको दमक–१० सानो बाह्रघरे चोकमा सञ्चालनमा रहेको दमक एग्रिकल्चर फार्मका लेयर्स कुखुरामा बर्डफलु (एभियन इन्फ्लुएन्जा) प्रमाणित भएको छ ।
सो फार्ममा बर्डफलु (एभियन इन्फ्लुएन्जा) भएको पुष्टीसंगै जिल्ला स्तरीय रायापिट रेसपोन्ज टिमले आज कुखुरा (पन्छी) नष्ट गरेको छ । सानो बाह्रघरेस्थित दमक एग्रिकल्चर फार्ममा ५ वटा रायापिट रेसपोन्ज टिमले पन्छी नष्ट गरिएको हो ।
२० हजार लेयर्स कुखुरा (पन्छी) रहेको यस फार्मको पन्छी नष्ट गर्ने काम २÷३ दिन लाग्न सक्ने भेटनरी तथा पशु विज्ञ केन्द्र भद्रपुरको प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत सितल भटराईले जानकारी दिनु भयो ।
फार्ममा २० हजार कुखुरा रहेकोमा ९ हजार मरी सकेको र अरु पनि मर्ने क्रममा रहेको दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रसाईले बताउनु भयो ।
अध्यायन टोलीले अध्यायनको प्रतिवेदन दिएपछि सरकारको पशु सेवा विभागको गत चैत ७ गते पत्रानुसार उक्त फार्मलाई केन्द्र विन्दु मानेर तोकिएको संकटग्रस्त क्षेत्रभित्रका बर्डफलु संंक्रमित कुखुराहरु नष्ट गर्ने काम भइरहेको छ ।
पशुपन्छी चिकित्सक तथा प्राध्यापक डाक्टर सुबीर सिंहले पन्छी (कुखुरा) मा लागेको एच फायब वान भाइरसका मानिसमा नसर्ने बताउनु भयो । मानिसले कुखुराको मासु पकाउदा ६० डिग्री भन्दा माथि १सय डिग्री तापक्रममा पकाउने हुदा स्वत पन्छीमा हुने भाइरस नष्ट हुने डाक्टर सिंहको तर्क रहेको छ ।
