दमक, १६ चैत–भद्रपुरस्थित मेची रङ्गशालामा आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म चन्द्रगढी महिला गोल्डकप हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख राशिको पुरस्कार प्राप्त गर्नेछन्।

चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल र आयोजकको एक टिम रहनेछ।

त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुङ्गो लागेको क्लबका अध्यक्ष सुब्बाले बताए। नेपाली टिमको हकमा एक टिममा चार जनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीन जना खेलाउन पाइने नियम रहेको उनल बताए।

प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ।

जिल्लालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *