झापा, १७ चैत—काठमाण्डौंस्थित डिल्लीबजार कारागारबाट फरार भएका एक कैदी झापाको दमकमा पक्राउ परेका छन्।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका दमक–८ निवासी ३४ वर्षीय संन्जोग भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई मिति २०८२ चैत १७ गते साँझ ५ बजे दमक–७ पशुहाट क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई सम्बन्धित कारागारमा पठाइने प्रहरीले जनाएको छ।
