दमक, १७ चैत–दमक सहकारी संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको नयाँ नेतृत्व चयन भएको छ ।
दमक–६ देवकोटा चोकमा रहेको दमक सहकारी संस्थाको आज (मंगलवार) सम्पन्न निर्वाचनबाट अध्यक्षमा डाक्ट। नेत्रबहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । सहकारीकर्मी डा.बुढाथोकी दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् ।
नौ सदस्यीय गठित सञ्चालक समितिको उपाध्यक्षमा भवकृष्ण खतिवडा, सचिवमा पदम प्रसाद घिमिरे र सदस्यहरुमा मनिकुमार बुढाथोकी ,सरिता लिम्बू थेबे, अम्बरबहादुर कुमाल, टंकप्रसाद ढुंगाना, रेनुका ओली र सुरेन्द्र भण्डारी चयन भएका छन् ।
यसैगरि, जयराज भट्टराईको संयोजकत्वमा संगिता प्रसाई, भिमबाबु भट्टराई रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध समिति चयन गरिएको निर्वाचन समितिका संयोजक यज्ञराज गिरीले बताए ।

