रामबहादुर थापा ‘बादल’

काठमाडौं, १८ चैत–नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। उनी एमालेका उपाध्यक्षसमेत हुन्।

दलको नेता चयनका लागि बुधबार ९चैत १८० ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । सुरुमा सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेपछि निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको थियो।

तर, मनोनयन दर्ताको चरणमा नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि प्रक्रिया अघि बढेन । त्यसपछि बादल निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन भएका हुन्।

निर्वाचनपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई दिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *