दमक, २१ चैत–डेलिया मन्टेस्वरी स्मार्ट स्कुलले तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । दमक–६ मा रहेको डेलिया मन्टेश्वरी एण्ड स्मार्ट स्कुलले शुक्रबार तेस्रो बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
सो अवसरमा स्कुलका विद्यार्थीहरु र शिक्षिकाहरुले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित स्कुलको तर्फबाट शैक्षिक सत्रका प्रगती प्रतिवेदनसहित विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको छ ।
स्कुलका संस्थापक प्रिन्सिपल दीपक बहादुर न्यौपानेको अध्यक्षतामा र नेसनल प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष तथा सुन्दरहरैचास्थित पूर्वाञ्चल पब्लिक स्कुलका प्रिन्सिपल सन्तोष कुमार राई प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्कुलका संस्थापक प्रिन्सिपल न्यौपानेले चाल शैक्षिक सत्रमा संञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको बताए ।
प्रिन्सिपल न्यौपानेले सोही कार्यक्रमका बीच दमकमका डेलिया मन्टेश्वरी एण्ड स्मार्ट स्कुललाई अब्बल शैक्षिक संस्थाको रुपमा विकास गर्नका लागि बुदिजीबिहरु, शैक्षिक व्याक्तित्वहरु र अभिभावकहरुसंग छलफल र अन्तरक्रियाहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
वहाँले स्कुलका विद्यार्थीलाई पठनपाठनसंगै असल संस्कारसहितका नागरिक बनाउन लागिपरेको बताए ।

