दमक, २४ चैत–दमक नगर इसाई समाजले आयोजना गरेको तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उपाधि धरानले जितेको छ ।

दमक–५ गोर्खाली टोलको विष्ट फुटसल हलमा सोमबार आयोजित फुटसल प्रतियोगिताको उपाधि धरान इसाई समाजले जितेको हो । दमक नगर इसाई समाज युवा संगतीका अध्यक्ष एल्डर सुरज लिम्बूका अनुसार धरान इसाई समाजले आयोजक दमक नगर इसाई समाजलाई फाइनलमा हराउँदै कोशी प्रदेश स्तरीय अन्तर इसाई समाज फुटसलको उपाधि जितेको हो । उपाधि जितेसंगै धरान इसाई समाजले नगद ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

सो प्रतियोगितामा उपबिजेता बनेका फुटसल प्रतियोगिताका आयोजक दमक नगर इसाई समाजले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका बिजेता धरान इसाई समाजलाई नगद ३५ हजार उपब्ध गराउनुहने कर्नरस्टोन फाउण्डेशन दमक १ का संस्थापक प्रिन्सिपल पाष्टर युवराज गजमेरले पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तैं, उपबिजेता दम नगर इसाई समाजलाई नगद २० हजार पुरस्कार उपलब्ध गनुर््हुने दमक नगर इसाई समाजका पूर्व अध्यक्ष, अन्तर धार्मीक शान्ति संजाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले हस्तान्त्रण गर्नुभएको थियो । पाष्टर राईले आफ्ना दिवगंत बुबा सुराधन नाछिरिङ राई र आमा माइतीशोभा राईको स्मृतिमा उपबिजेता वापतको पुरस्कार सहयोग गर्नुभएकोा हो ।

प्रतियोगिताम सर्वाधिक गोलकर्ता आदम मगर (पथरी इसाई समाज, मोरङ), अनुशासित खेलाडीतर्फ धरान इसाई समाजका आकाश राई र उत्कृष्ट गोल किपरतर्फ दमक नगर इसाई समाजका सुरज लिम्बू घोषित भए । उनीहरुले नगद २ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट खेलाडीहरुका लागि दमकका युवा व्यवसायी तथा भेट्रान खेलाडी एल्डर सुरज लिम्बुले नगद सहयोग गरेका थिए ।

सोमबार, बिहान दमक–५ गोर्खाली टोलको विसट फुटसल हलमा आयोजित कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन दमक नगर प्रमुख रामकुमार थापाले गर्नुर्भएको थियो । सो प्रतियोगितामा कोशी प्रदेशभरका १० वटा इसाई समाजले सहभागिता जनाएका दमक नगर इसाई समाज खेलकुद उपसमितिका संयोजक शिखर राईले जानकारी दिए ।

इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो ।

सो समारोहमा दमक नगर इसाई समाज खेलकुद उपसमितिका संयोजक शिखर राई, समाजका निर्वतमान अध्यक्ष तथा इसाई समाजका अगुवा पाष्टर आकाश थुलुङ राई, समाजका पूर्वअध्यक्ष तथा अन्तर धार्मीक शानित संजाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, कर्नरइस्टोल फाउण्डेशनका संस्थापक प्रिन्सिपल तथा पाष्टर युवराज गजमेर, कृषि उद्यमी तथा पाष्टर संञ्जिव कुलुङ राईलगायत कोशी प्रदेशका विभिन्न चर्चका अगुवा पाष्टरहरुको उपस्थिति थियो ।

प्रतियोगितामा आयोजक दुई टीम (दमक नगर इसाई समाज (ए) र (बि), भुटानी शिविर बेलडाँगी इसाई समाज दमक, पथरी इसाई समाज, लेटाङ इसाई समाज मोरङ, मध्यपूर्व इसाई समाज मोरङ, कनकाई नगर इसाई समाज (झापा), शिबसताक्षी नगर इसाई समाज, धरान इसाई समाज सुनसरी छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *