दमक, २९ चैत–झापाको दमकमा श्रम संस्कृति पार्टीले वडा स्तरीय भेलालाई तीब्र बनाएको छ । आज दमक–१ मा सम्पन्न भेलाले श्रमदाता हरिकुमार राईको अध्यक्षतामा श्रम संस्कृति पार्टी वडाँ समिति गठन गरेको हो ।

दमकको सामाजिक तथा धार्मीक कार्यमा सक्रिय राईको अध्यक्षतामा १७ सदस्यीय श्रम संस्कृति पार्टी वडा समिति गठन गरिएको छ ।

पार्टी दमक नगरको कार्यांलय दमकस्थित फाल्गुनन्द चोकमा आयोजित भेलामा लक्ष्मी (पुजा) गुरुङको अध्यक्षतामा र केन्द्रीय सदस्य मिका दुलालको प्रमुख आतिथ्यतामा भेलासहित वडा कमिटी गठन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि दुलालले दमक–१ मा नवगठित पार्टी वडा समितिका अध्यक्षसहित पदाधिकारी र वडा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तैं, सो भेलामा पार्टी केन्द्रीय सदस्य चन्द्रप्रकाश चेम्जोङ, पार्टी इलाम जिल्ला उपाध्यक्ष सुबास राई, दमक नगर सचिव सन्त किराती राई, कोषाध्यक्ष दुर्गामाया राई, व्यवसायी एबम् सामाजिक अगुवा महेन्द्र चाम्लिङ राई लगायतको सहभागिता थियो ।

नवगठित दमक १ वडा समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । सो भेलालाई श्रमदाता फौदसिंह राईले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *