दमक, ३० चैत–दमकका साहित्यकार ओमप्रसाद खनालको तेश्रो कृतिका रुपमा ‘मनको फित्कौली’ नामक मुक्तक संग्रह लोकार्पण गरिएको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा खनालको मुक्तक संग्रहको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार डा.गोपालप्रसाद भण्डारीसहितका अतिथिहरुले सामूहिक रुपमा लोकापर्ण गरेका हुन् ।
कृतिको प्रमुख अतिथि डा.भण्डारीसहित साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, पूर्व महासचिव दिपक सुवेदी, मिक्लाजुङ साहित्य समाजका मोरङ्गका अध्यक्ष ईन्द्रप्रसाद घिमीरे, कृतिकार ओमप्रसाद खनाल, भारत आसामका सहित्यकारहरु रामप्रसाद दाहाल र अनुप शर्मा, शैक्षिक व्यक्तित्वहरु लिलानाथ खनाल र शेषकुमार निरौला, कृतिकारकी जीवन सङ्गिनी तुलसा खनाल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
लोकार्पण भएको उक्त मुक्तक सङग्रहको साहित्यकार शिशिर भट्टराईले समिक्षात्मक टिप्पणी गरेका थिए । यसअघि कृतिकार खनालले ‘हरिहर भजनमाला’ भजन संग्रह, ‘निलो आकाश’ कविता संग्रह वजारमा ल्याएका छन् ।
कार्यक्रममा साहित्यकारहरु बिबेक दुलाल क्षेत्री,रामप्रसाद उपाध्याय, रिता पोख्रेल, मेघनाथ बन्धु, ओमप्रकाश गौतम, दिपक सुवेदी, चन्द्र सम्वाहाम्फे, भगवती दवाडी, गणेश गौतम लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य कला सङ्गमका सल्लाहकार पुस्ता राई,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पौडेल, साहित्यकारहरु ज्ञाननाथ निरौला, अनुप बैरागी, किशोर खनाल, प्रेमबहादुर बस्नेत, नेत्रप्रसाद दहाल, गोपाल दाहाल, खड्गबहादुर खड्का, पदमप्रसाद ओली, पुष्कर भट्टराई, टंक पाठक लगायतको उपस्थिति रहेको थियो ।
दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा नव वर्ष-२०८३ को शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, कार्यक्रमको सञ्चालन सङ्गमका सचिव बिरेन्द्र खड्काले गरेका थिए ।
