झिलझिले, ३० चैत–झापाको शिबसताक्षी–८ सृजना चोकमा अवस्थित ओएसिस एकाडेमीले आज वार्षिक नतिजा प्रकाशनसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार, विद्यालय परिसरमा आयोजित एक भब्य समारोहवीच वार्षिक नजिता प्रकाशन गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयले सञ्चालन गरेको शैक्षिक सत्र २०८२ परिक्षा अन्तर्गत जुनियरतर्फ नर्सरी कक्षामा अध्ययनरत नामसाङ राई (९९.४२) प्रथम र सिनियर कक्षातर्फ प्रार्थना लिम्बू (९८.५७) प्रथम भएका छन् ।
विद्यालय टप हुने दुबै विद्यार्थीलाई समारोहका प्रमुख अतिथि प्रेम खड्का र विद्यालयका संस्थापक प्रिन्सिपल उदयप्रकाश राईले प्रमाणपत्र, मेडल र पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तैं, नर्सरीबाट नामसाङ राई (९९.४२), प्रिन्स भण्डारी (९९.५) र सामसोना राई (९८.९२) क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् ।
कक्षा एलकेजीबाट सोन राई (९९.००), पमसा थेगिम (९८.७३) र दीप्ती कार्की (९८.०९) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
युकेजीबाट रमन कार्की (९८.३६) प्रथम भए भने नानुमा शेर्मा (९७.३६) दोस्रो र डिभ्यान्क कार्की (९७.१८) तेस्रो भएका छन् ।
कक्षा–१ बाट सृष्टिका बुडाथोकी (९६.५०) प्रथम, रोषप दाहाल (९६.४३) दोस्रो र रोनिश चेम्जोङ (९५.२१) तेस्रो भए ।

कक्षा २ बाट रियाम श्रेष्ठ (९५.४३) प्रथम, मागेना लावोती (९४.००) दोस्रो र नेहरिका प्रसाई (९०.०९) तेस्रो बन्न सफल भएका छन् ।
कक्षा ३ बाट ९८.५७ अंक ल्याएर प्रार्थना सुब्बा प्रथम भएका छन् भने ९७.७१ अंक ल्याएर नानुम्मा थेगिम दोस्रो र ९६.९३ अंक ल्याएर रुषा कालिकोटे तेस्रो बनेका छन् ।
कक्षा ४ बाट ९५.३६ अंक ल्याउँदै रुष्मा श्रेष्ठ प्रथम बनिन् भने ९२.४३ अंकका साथ मेष्टी लिम्बू दोस्रो र ९०.६४ अंक ल्याउँदै समिक्षा तामाङ तेस्रो भएका छन् ।
कक्षा ५ बाट ४ जिपिए ल्याउँदै प्रयास चौधरी प्रथम भएका छन् भने हितेष उप्रेती (३.९४) दोस्रो, युजन अधिकारी (३.८८) र मिक्साहाङ शेर्मा (३.९९) बराबार अंक ल्याएर तेस्रो भएका छन् ।

कक्षा ६ तर्फ रोजन लिम्बू (९१.२६) प्रथम भएका छन् भने दीप भट्टराई (८९.४९) दोस्रो र रोहिनी इजम (८६.०४) तेस्रो भएका छन् ।
कक्षा ७ तर्फ अर्जुन उप्रेती (९१.२६), विशन चेम्जोङ (८४.००) र भुवन परियार (८३.४३) प्रथम, दोस्रो र तेस्रो भएका छन् ।
कक्षा ८ तर्फ रबनी इजम (३.९४) प्रथम, अदिती बस्नेत (३.८१) दोस्रो र गृष्मा पौढेल (३.७९) तेस्रो भएका छन् ।
सोही, समारोहमा विद्यालयले सञ्चालन गरेको खेलकुदतर्फ बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो पुरस्कार समारोहका अध्यक्षता गर्नुहुने संस्थापक प्रिन्सिपल उदयप्रकाश राई, प्रमुख अतिथि, प्रेम खड्का, अतिथिहरु भीमप्रसाद भण्डारी, पत्रकार बिनोद सापकोटा, पत्रकार गोविन ल्वागुन लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि खड्का, पूर्व बिट्रिस सेना दिलसिंह मेन्याङ्बोले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र अवसरका बारेमा बोल्नुभएको थियो । वहाँहरुले शिक्षा क्षेत्रको विकासमार्फत समाज र राष्ट्र निर्माणमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
समारोहमा ओएसिस एकाडेमीका संस्थापक प्रिन्सिपल राईले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गनर््भएको थियो ।
प्रिन्सिपल राईले ग्रामिण क्षेत्रमा स्थापना गरिएको विद्यालयले विद्यार्थीहरुप्रती लक्षित गरेर स्वच्छ, शान्त र उतित बातबरणसहित गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । वहाँले विद्यालयले सामाजिक उत्तरदायीत्वतर्फ जिम्मेवारी बहन गरिआएको र आगामी शैक्षिक सत्रमा समेत यसलाई प्रमुख प्राथमितामा राखेर लैजाने जोड दिनुभयो ।
त्यसवीचमा विद्यार्थीहरुले तयार पारिएको गीत, नृत्य र प्रवचनहरु प्रस्तुत गरेका थिए । त्यस्तैं, कक्षा ८ उर्तिण गर्नुहुने विद्यार्थीहरुलाई विद्यालयले मायाको चिनोसहित बिदाई गरिएको थियो ।
