काठमाडौँ, ६ वैशाख–प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल शुरु गरेको छ ।
पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईलगायत नेताले आइतबार ललितपुरमा छलफल शुरु गरेको हो।
छलफलमा डा। सुन्दरमणि दीक्षित, डा। राजाराम सुवेदी, प्राडा राजकुमार पोखरेल, डा। टिकाराम गौतम, डा। केशवमान शाक्य, डा। लाल रापचा, डा। विजयप्रसाद मिश्रसहितसहित पार्टीका नेताहरू सहभागी भए।
पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल शुरु गरेको बताएको छ।
