शिबगञ्ज, ८ वैशाख–झापाको शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिक्षासेवी एबम् बुद्धिजीबि अमृतबहादुर कटुवाल चयन भएका छन् ।

कटुवाल सोही विद्यालयका पूर्व शिक्षक, पूर्व प्रधानध्यापकसमेत हुन् । यसअघि, कटुवालले शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमको नेतृत्वमा रहेर काम गरिसकेका छन् ।

शिबसताक्षी–६ शिबगञ्जमा अवस्थित जन आदर्श माध्यमिक विद्यालयको आज (मंगलबार) सम्पन्न भेलाले कटुवालको अध्यक्षतामा नौ सदस्यीय विद्यालय लव्यवस्थापन समिति गठन गरिएको हो ।

विद्यालयका शिक्षक दिनेशकुमार श्रेष्ठका अनुसार वडाध्यक्ष मनोज खुलाल कार्कीको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा भाद्रु ताजपुरिया, मंगली टुडु, गोमादेवी भण्डारी, धर्मप्रसाद भेटुवाल, गोमा दुलाल, शिक्षक प्रतिनिधिमा केशव ठाकुर, वडाध्यक्ष कार्की र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक राजु बुढाथोकी रहेका शिक्षक श्रेष्ठले जानकरी दिए ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *