काठमाडौं, ९ वैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पार्टी केन्द्रीय कार्यालय च्यासल नआउने भएका छन्।
आज एमालेले ७७औं नेकपा स्थापना दिवसमा च्यासलमा कार्यक्रम गर्दैछ। उक्त कार्यक्रममा अध्यक्ष ओली आउने बताइए पनि उनी नआउने भएका हुन्।
स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओली कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी आएको एमालेका एक नेताले जानकारी दिए।
हालै पित्तथैलीको शल्यक्रिया गरेर ओली आराम गरिरहेका छन्।
जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा अध्यक्ष ओली चैत १४ गते पक्राउ परेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो।
