काठमाडौँ, ११ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री विक्रम पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ।
सार्वजनिक ठेक्का विवरण हेरफेर गरेको र ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई पक्राउ गरेको हो।
उनीमाथि आफू अनुकूलको ठेक्का पार्न ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोप छ।
ब्यूरोका प्रमुख मनोज केसीले पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै सोही प्रकरणमा यसअघि प्रहरीले ६ जनालाई पक्राउ गरेको जानकारी दिए।

