ऐन महर

काठमाडौं, ११ वैशाख–नेकपा (एमाले) प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्।

बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्।

‘एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको प्रमुख सचेतकको रूपमा काम गर्ने गरी मनोनयन गरेको छु,’ दल नेता बादलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *