दमक, १३ वैशाख–झापाको दमक-२ मा अवस्थित हिमालय माध्यमिक विधालयले आज विधालय ब्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ ।

आइतबार, हिमालय माध्यमिक विद्यालय दमकको व्यवस्थापन समिति अध्यक्षमा केदारनाथ घिमिरेलाई सर्वसम्मत चयन गरेको हो ।

ब्यवस्थापन समिति सदस्यहरुमा अस्मिता भण्डारी, ममता पोखरेल गुरागाई, मेदनी बराल, कुमार राई, गंगा शिवाकोटी धिमाल चयन भएको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।

यसै गरी बिधालय ब्यवस्थापन समितिको पदेन सदस्य दमक–२ का वडाअध्यक्ष प्रजापति सापकोटा, शिक्षक प्रतिनिधि भोजप्रसाद भटराई र सदस्य सचिवमा विधालयका प्रधानध्यापक द्रोर्ण श्रेष्ठ रहनु भएको छ ।

विधालयको शैक्षिक गुणस्तर वृद्धि र टाढाबाट आएर भाडामा बसी अध्ययन गर्ने विधालयहरुका लागि आवास सहितको भवन निर्माण, होटल म्यानेजमेन्ट (ब्यवस्थापन) विषय ल्याउन संघीय, प्रदेश र पालिका सरकार लगायतसंग पहल गर्ने नवनिर्वाचित बिधालय ब्यवस्थापन समिति अध्यक्ष घिमिरेले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *