निर्मल ढकाल

काठमाडौं, १६ वैशाख–अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ।

सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा जिम्मवारी तोकिएको थिएन। मंगलबार अर्थ मन्त्रालयले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *